जनता समाजवादी पार्टीका नेता तथा सांसद इस्तियाक राईले उपेन्द्र यादव पक्षमा सांसदको संख्या २० पुगेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले महन्थ ठाकुर पक्षका ८ जना उपेन्द्र पक्षमा आएको दाबी गरेका हुन् । उनले संसदीय दलको बैठकमा २० सांसद सहभागी भएको बताए ।
जसपामा कुल ३२ सांसद छन् ।