काठमाडौं : विषय र प्रसंगमा कुनै पनि विधेयकमा सांसदको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन। एउटै विषयमा एकभन्दा बढी सांसदको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ। शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एण्ड पेष्ट’जस्तो छ। त्यसरी संशोधन दर्ता