काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियशिपअन्तर्गत आज साेमवार हुने श्रीलङ्कासँगकाे खेल गुमाउने भएकी छिन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्कासँगको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गी देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गी देखिएको छ । उनीहरूकाे स्वास्थ्य स्थिति भने सामान्य रहेको छ ।
यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई ...