काठमाडौं : विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी एक सातापछि खोल्ने तयारी भएको छ। नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकास कोषको बैठक बसेको थियो । सो बैठकले मन्दिर खोल्ने निर्णय गरेको छ ।खत