काठमाण्डाै - आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारकाे व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो । विज्ञले कोरोनाको जोखिम कायमै र...