उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ । आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले विशेषगरी तेस्रो मुलुकसँगको आयात–निर्यात कारोबार प्रक्रियालाई निजीक्षेत्रमैत्री बनाउँदै …