बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समुहका श्याम सुन्दर कनौडियालाई सम्मान गरेको छ ।
कनौडियालाई व्यापार सहजीकरण एबम् राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनौडियालाई बुधवार अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।