चुनौतीपूर्ण अर्थतन्त्रको निकासका लागि राप्रपासँग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ । परिसंघले विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रिय सदस्यहरुसँग छलफल गरेको छ । परिसंघ सचिवालयमा आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल […]

सम्बन्धित सामग्री

अर्थतन्त्रका समस्या र रोजगारीबारे श्रममन्त्रीसँग परिसंघको छलफल

नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री...

व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो । छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएको अवधारणा तथा […]

परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]

आइटी पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।परिसंघको आइटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याललगायतसँग छलफल गरेको हो । परिसंघले भारत, फिलिपिन्सलगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ ।सूचना प्रविधि क्षेत्रबाट विदेशी […]

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवसँग छलफल गरेको हो ।परिसंघले भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई छ । सूचना प्रविधि निर्यातमा सतप्रतिशत मूल्यअभिवृद्धि (भ्यालु एडिसन) हुने भ

उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच छलफल

नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो ।परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोभिड १९ को विशेष पर

नेपालमा स्टार्टअपको स्पष्ट परिभाषा तय गर्न परिसंघको छलफल

नेपाल उद्योग परिसंघको स्टार्टअप अभियान समितिले स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने गरी छलफल अघि बढाएको छ । नीति तर्जुमामा सहयोग पुर्याउने उद्देश्यले परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चलान गर्न स्टार्टअपको कार्याविधि तयार भएको छैन । सरकारले गत वर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवद्र्धनका लागि बीऊपुँजी उपलब्ध गराउने घोषणा गरेको छ ।तर, कार्यविधि नबन्दा अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले घोषणा गरेको

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उनले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।  ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणक...