नेपाल उद्योग परिसंघको पदाधिकारी समितिकोे आकस्मिक बैठक आइतवार बसेको छ ।
परिसंघको कार्यालयमा बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल गरेको परिसंघले जनाएको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्षमा नेपाल सरकार र उद्योग क्षेत्रले के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे सुझाव समेत दिएको छ ।
विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले सरकारबाट खोप खरिद प्र...