उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच छलफल

नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो ।परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोभिड १९ को विशेष पर

सम्बन्धित सामग्री

नेपाल उद्योग परिसंघ र जेटियुसिसिबीच अन्तरक्रिया

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र उद्योग परिसंघबीच सामाजिक सुरक्षा कार्यान्वयन र कोभिड १९ ले श्रम क्षेत्रमा पारेको प्रभावबारे अन्तरक्रिया गरेका छन् । सो कार्यक्रममा जेटियुसिसिका अध्यक्ष जगत सिंखडाले सामाजिक सुरक्षा कार्यान्वयनमा रोजगरदाताहरुलाई इमानदार बन्न आग्रह गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा बेरोजगार संख्या धेरै भए पनि सिपयुक्त […]

श्रमिकहरूले पाउने भए लकडाउनका बेलाको तलब

काठमाडौं : रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन अवधिको श्रमिकहरुको तलब भुक्तानीको विषयमा सहमति भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्ध ट्रेड युनि...

लकडाउन अवधिको आधा तलबमा सहमति

लकडाउन अवधिको तलबमा विभाजित रोजगारदाता र श्रमिक युनियनबीच अन्ततः ५० प्रतिशत तलबमा सहमति भएको छ । चैतको तलब पूरै भुक्तान गर्ने र बाँकी अवधिको आधामात्र पाउनेगरी श्रमिक प्रतिनिधि र रोजगारदाताका प्रतिनिधिले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल घरेलु तथा साना उद्योग महासंघले र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघसँग सम्झौता गरेका हुन् । महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा भएको निरन्तरको वार्ता र छलफलपछि यस्तो सहमति भएको हो ।