यूक्रेनको दाबी-रुसले ७५ वटा मिसाइल हान्यो

रुसले यूक्रेनको राजधानीमा हवाइ आक्रमण गरेको छ। राजधानी किभबाहेक यूक्रेनले अन्य थुप्रै सहरमा पनि आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।यूक्रेनका सेना प्रमुख जनरल वलेरी जालुग्नीले सोमबार बिहानैदेखि लगातार ७५ वटा मिसाइल प्रहार भएको बताएका छन् ।७५ मध्ये ४१ वटा मिसाइललाई एयर डिफेन्स सिस्टमको माध्यामबाट निस्क्रिय पारिएको दाबि उनको छ। बिबिसीका अनुसार उनको यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। आक्रमणमा पछि आठ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको समाचारमा उल्लेख छ।रुसले यूक्

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाका सैनिकबीचको संयुक्त अभ्यासभन्दा पहिले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।  यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र स...

युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार

४ चैत, काठमाडौं। रुसले पश्चिमी युक्रेनस्थित लभिभ विमानस्थलमा मिसाइल प्रहार गरेको छ । रुसी सेनाका लडाकु विमानले शुक्रबार बिहानै लभिभ विमानस्थलमा क्रुज मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मिसाइल प्रहारबाट एउटा फ्याक्ट्री ध्वस्त भएको र विमान मर्मत सम्भार हुने एक ग्यारेजमा क्षति पुगेको छ । युक्रेनको वायु सेनाले रुसद्वारा प्रहार भएका ६ […]

उत्तर कोरियाले फेरि प्रहार गर्‍यो मिसाइल

उत्तर कोरियाले फेरि मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले आइतबार बिहानै मिसाइल प्रहार गरेको र त्यो ब्यालेस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरिया र जापानका सैनिक अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। स्थानीय समयअनुसार बिहान ७ बजेर ५२ मिनेट जाँदा उत्तर कोरियाले सुनान क्षेत्रबाट मिसाइल प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बताएका […]

भारतद्वारा अर्को मिसाइल परीक्षण

भारतले भारतले ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ। उडिसाको सामुद्रिक तटबाट उक्त मिसाइल विहीबार परीक्षण भएको रक्षा श्रोतहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  मिसाइल नयाँ प्राविधिक विकाससँग सुसज्जित...

फिलिपिन्सले भारतीय सुपरसोनिक मिसाइल किन्ने

भारतले फिलिपिन्स्लाई ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल निर्यात गर्ने भएको छ । फिलिपिन्सले एन्टी सिप मिसाइल प्रणालीका लागि योजनाबद्ध अधिग्रहणका लागि बजेट बिनियोजनसमेत गरिसकेको छ ।  फिलिपिनी पत्रिका द इन्क्वाएररका अनुसार फिलिपिन्स...

रुसद्वारा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण

एजेन्सी,१७ पुस। रुसले हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको छ। शुक्रबार रुसले एक फ्रिगेटबाट करिब १० ओटा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो भने थप दुईओटा मिसाइल पनडुब्बीबाट गरेको इन्टरफ्याक्स समाचार एजेन्सीमा खबर छ । रुस पनि हतियारको नयाँ पुस्ताको एक हिस्सा बनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। उनले यसअघि गत साता गरिएको मिसाइल परीक्षणलाई […]

उत्तर कोरियाद्वारा नयाँ शक्तिशाली मिसाइल परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। ह्वाङसङ- ८ नामक उक्त मिसाइल मंगलवार परीक्षण गरिएको बताइएको छ। त्यहाँको सरकारी समाचार संस्था केसिएनएले यो मिसाइल पञ्चवर्षीय योजनामा रहेको पाँच महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ। यसलाई उनीहरुले सामरिक हतियारका रुपमा लिएको बिबिसीले जनाएको छ। पछिल्लो मिसाइल तीव्र गतिको र…

उत्तर कोरियाद्वारा जापानकाे समुद्रमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाण्डाै - उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ। उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो। केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

१२ असोज, काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो । मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुलाई […]

सिरियामाथि मिसाइल आक्रमण

एजेन्सी । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हमला गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको बताइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा […]