स्याङ्जा । यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन्। जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको […]
काठमाडौँ। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन्। आज भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितिन्। भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्। त्यसैगरी वैभवीले पुम्से र स्पीड किक […]
दार्चुला। मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार आज राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छभने […]
प्रदेश सरकारले अपाङ्गतासम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष शाहीले उक्त प्रतियोगितालाई पर्यटनसँग जोड्न प्रयास गरिने उनको भनाइ छ।