काठमाडौं : देशभरका विद्यालय कर्मचारीहरू ३६ दिनदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले यतिखेर पनि विभिन्न माग राख्दै माइतीघर मण्डलामा अनशनरत छन्। सरकारले विद्यालय कर्मचारीको मागको ‘बेवास्ता’ गरेको छ। पटक-पटक वार्तामा बसे पनि सरकारले उनीहरूका माग सम्बोधन गरेको छैन।सरकारले गत जेठ ३ गते वार्ताका लागि समिति गठन गरी वार्तामा आउन आह्वान गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारी (सामुदायिक) विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको थियो। उनीहरूले देशभरका सरकारी विद्य