यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७०.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १८ सय ४४.१४ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अंकले घटेर नेप्से सूचक १८ सय ६०.९४ अंकमा झरेको थियो । दोस्रो दिन २.६१ अंकले नेप्से घट्यो भने चौथो दिन १२.८२ अंकले र पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १.३७ अंकले घट्दै न