गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि धनगढीमा थन्कियो

एम्बुलेन्स अभावमा गाउँपालिकाका सेवाग्राही सास्ती भोग्दै आएका छन्। एम्बुलेन्स ल्याउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ।...

सम्बन्धित सामग्री

जिपिएस प्रणालीबाट बाहिरिए एम्बुलेन्स

सरकारले एकद्वार प्रणालीबाट एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको केही वर्षमै एम्बुलेन्स डिस्प्याच सेन्टरको जिपिएस प्रणालीबाट अलग्गिएका छन् । दुई वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका, २०७७ जारी गरी सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एम्बुलेन्स सेवा सुरु गरिएको थियो । पछिल्लो एक वर्षदेखि धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टरमा आबद्ध भएका एम्बुलेन्स जिपिएस प्रणालीबाट बाहिरिएका हुन् ।

पोखराले चलायो कृषि एम्बुलेन्स

पोखरा- पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ । उक्त […]

मारुती सिमेन्टद्वारा ककुरठाकुरलाई एम्बुलेन्स प्रदान

माघ १७, विराटनगर । मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका वडा नं १४ स्थित ककुरठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ ।  ककुरठाकुर भन्ने स्थान र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गरिएको हो । सोमवार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उक्त कम्पनीका सञ्चालक राजेन्द्र राउतले उक्त नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे ।  उनी प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार पनि हुन् । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै राउतले त्यस क्षेत्रका स्थानियलाई विभिन्न क्षेत्रमा कम्पनीले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको पनि उनले बताए । एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले ६ नं वडालाई नगरले नै एम्बुलेन्स दिएको भएपनि विकट १४ नम्वर वडालाई कम्पनीले सहयोग गरेकोमा धन्यवाद दिए ।  उक्त कम्पनीका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । मारुती सिमेन्टका लागि उसले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरिरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले विभिन्न सहयोगहरु गर्दै आएको बताएको छ । वडाध्यक्ष थापा मगरले कम्पनीले पुर्वाधार विकास, विद्युत् लगायत तटबन्ध लगाउनेदेखि स्थानियलाई रोजगारसमेत दिंदै  आएको बताए । हाल ३० जना स्थानियले गाउँमै उक्त कम्पनीबाट रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले बताए । कम्पनीले एम्बुलेन्सका लागि आवश्यक ईसीजी मोनिटर र अक्सिजन सिलिण्डरलगायतको लागि १ लाखभद्या बढीको सहयोग पुन : थप गर्ने पनि सो अवसरमा जानकारी दिइयो ।  राजस्व छूटमा ल्याइएको उक्त एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा नं १४ का साथै आसपासका स्थानीयले सेवा  पाउने छन् ।

निःशुल्क एम्बुलेन्स सेवा

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवाको शुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपांगता भएका व्यक्तिलाई उपचारका लागि गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘आव २०७८÷७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पर्दैन ।’ बुंकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिशका आधारमा वडाबाट निःशुल्क सेवा पाउने उनले बताए । स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । बुंकोट स्वास्थ्यचौकीलाई ‘सम्भव छ नेपाल’ नामक संस्थाले हालै एम्बुलेन्स उपलब्ध गराएको थियो । रासस

गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ३१ साउन: गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । “आव […]

थाहाखबर प्रभाव : प्रदेश सांसदले गाउँपालिकालाई फिर्ता गरिन् एम्बुलेन्स

जनकपुरधाम : प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता गरेकी छन्।  महोत्तरी सम्सी गाउँपालिकाको एम्बुलेन्स उनले एक वर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन्।यसबारे थाहाखबरमा समाचार छापिएपछि लगत्तै उनले पालिकालाई एम्बुलेन्स फिर्ता गरेकी हुन्। सांसद यादवले भारत सरकारद्वारा उपलब्ध गराइएको ना२च २५८ नम्बरको एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा आज साँझ बुझाएकी हुन्। स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको व्यक्तिगत कामम

स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको व्यक्तिगत काममा प्रयोग

जनकपुरधाम : प्रदेश २ का एक सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स विगत एक वर्षदेखि व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको पाइएको छ।जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा रीना यादवले महोत्तरीको सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत काममा प्रयोग गर्दै आएकी हुन्।भारतीय राजदूताबासबाट एक वर्षअगाडि सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन

मर्मत नहुँदा दुई वर्षदेखि अस्पतालमै थन्कियो एम्बुलेन्स

सल्यान : जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स मर्मत नहुँदा दुई वर्षदेखि अस्पताल परिसरमै थन्किएको छ। जसका कारण अस्पताल एम्बुलेन्सविहीन भएको छ।एम्बुलेन्स नहुँदा बिरामीहरुले सास्ती भोग्दै आइरहेका छन्। स्वास्थ्य कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठले भने पुरानो एम्बुलेन्स मर्मत गर्ने रकमले नयाँ एम्बुलेन्स आउने बताउँछन्। तर, आर्थिक अभावले एम्बुलेन्स खरिद गर्न नसकिएको उनको भनाइ छ।‘हामीसँग न पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसा नै छ न नयाँ नै किन्ने,’ श्रेष्ठले भने, ‘प्रदेश सरकारलाई एम्बेन्

भारतीय दूतावासले दिएको एम्बुलेन्स चार वर्षदेखि काठमाडौंमै थन्कियो

भारतले आफ्नो ७०औँ गणतन्त्र दिवसको अवसरमा खार्पुनाथ गाउँपालिकालाई दिएको एम्बुलेन्स चार वर्षदेखि काठमाडौंमै थन्किएको छ । भारतीय दूतावासले ७०औँ गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघसंस्थालाई ३० वटा एम्बुलेन्स दिएको थियो । सो...