मारुती सिमेन्टद्वारा ककुरठाकुरलाई एम्बुलेन्स प्रदान

माघ १७, विराटनगर । मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका वडा नं १४ स्थित ककुरठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ ।  ककुरठाकुर भन्ने स्थान र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गरिएको हो । सोमवार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उक्त कम्पनीका सञ्चालक राजेन्द्र राउतले उक्त नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे ।  उनी प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार पनि हुन् । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै राउतले त्यस क्षेत्रका स्थानियलाई विभिन्न क्षेत्रमा कम्पनीले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको पनि उनले बताए । एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले ६ नं वडालाई नगरले नै एम्बुलेन्स दिएको भएपनि विकट १४ नम्वर वडालाई कम्पनीले सहयोग गरेकोमा धन्यवाद दिए ।  उक्त कम्पनीका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । मारुती सिमेन्टका लागि उसले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरिरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले विभिन्न सहयोगहरु गर्दै आएको बताएको छ । वडाध्यक्ष थापा मगरले कम्पनीले पुर्वाधार विकास, विद्युत् लगायत तटबन्ध लगाउनेदेखि स्थानियलाई रोजगारसमेत दिंदै  आएको बताए । हाल ३० जना स्थानियले गाउँमै उक्त कम्पनीबाट रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले बताए । कम्पनीले एम्बुलेन्सका लागि आवश्यक ईसीजी मोनिटर र अक्सिजन सिलिण्डरलगायतको लागि १ लाखभद्या बढीको सहयोग पुन : थप गर्ने पनि सो अवसरमा जानकारी दिइयो ।  राजस्व छूटमा ल्याइएको उक्त एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा नं १४ का साथै आसपासका स्थानीयले सेवा  पाउने छन् ।   

सम्बन्धित सामग्री

मारुती सिमेन्टद्वारा एम्बुलेन्स प्रदान

विराटनगर– मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ ।दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका सञ्चालक तथा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका सञ्चालक राउतले स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी […]

मारुती सिमेन्टद्वारा दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

न्युज अफ नेपाल, उदयपुर । मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका-१४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । अरुण ठाकुरलगायत आसपासका स्थानीयहलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गरिएको सिमेन्ट प्रालिले जनाएको छ । प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका नगर प्रमुख घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । […]

मारुती सिमेन्ट प्रालिद्वारा एम्बुलेन्स हस्तान्तरण

मोरङ – सिन्धुलीको दुधौली नगरपालिकास्थित वडा नम्बर १४ अरुणठाकुरलाई मारुती सिमेन्ट प्रालिले एम्बुलेन्स प्रदान गरेको छ। दुधौलीमा सोमबार आयोजित कार्यक्रममा सिमेन्टका सञ्चालक एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै उद्योगी राउतले विकट वडा नम्बर १४ स्थित अरुणठाकुरसँगै ककुरठाकुरका स्थानीयको […]