जनकपुरधाम : प्रदेश २ सांसद डा. रिना यादवले निजी प्रयोगमा ल्याएकी गाउँपालिकाको एम्बुलेन्स फिर्ता गरेकी छन्। महोत्तरी सम्सी गाउँपालिकाको एम्बुलेन्स उनले एक वर्षदेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएकी थिइन्।यसबारे थाहाखबरमा समाचार छापिएपछि लगत्तै उनले पालिकालाई एम्बुलेन्स फिर्ता गरेकी हुन्। सांसद यादवले भारत सरकारद्वारा उपलब्ध गराइएको ना२च २५८ नम्बरको एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा आज साँझ बुझाएकी हुन्। स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको व्यक्तिगत कामम