दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी भदाै २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्न् पाइने छ। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने बताइएको छ।