यसपालीको दसैँमा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन् । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो ।नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो । आज (असोज ११ गते) सम्ममा १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको नेप