काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको नेपाली फिल्म 'ए मेरो हजुर ४' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। फिल्ममा अनमोल र सुहाना बाहेक सलोन बस्नेत, रियर राई, लुनिभा तुलाधार, सरोज बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदै गरेको फिल्म चर्चित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग भिड्दै