संसद् अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ। काँग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। आउँदो चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। राष्ट्र बैंकले झण्डै १२ अर्बको ट्रेजरी बोलकबोल गर्दैछ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ।
नेपाली काँग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए ज्ञान सम्मेलन सहभागी हुन यहाँ आइपुगेका छन् ।उनी जुलाई २ का दिन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् । उनी भर्जिनियाबाट नर्थ क्यारोलाइना राति आइपुग्दा आयोजकहरुले स्वागत गरेका थिए ।अमेरिकाको नर्थ क्यारोलिनामा जुलाई ३ र ४ मा ज्ञान सम्मेलन हुँदैछ ।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।चिकित्सक परामर्शमा
काठमाडौं, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले भनेका छन् । ८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l […]
ताप्लेजुङ, २४ पुस: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार वृद्ध महिलासँग भलाकुसारी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्मा ।-तस्वीर : सन्तोष पुर्कुटी-रासस
काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसको विधान अनुसार महामन्त्री पूर्णबहादुर खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । तर, उनी गृहजिल्ला सुर्खेतको क्षेत्रीय अधिवेशनमा सक्रिय भई उम्मेदवार बने । अत्याधिक मत ल्याई प्रतिनिधि चयन भए । खड्का सभापति शेरबहादुर देउवानिकट हुन् । तर, उनको उम्मेदवारी र सक्रियताले काँग्रेसका दुई पूर्वमन्त्री पराजित भए । पराजित हुनेहरुमा संस्थापन इतर […]
काठमाडौँ । काँग्रेस महामन्त्री शशाङ्क कोइराला निजी भ्रमणमा दिल्ली पुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली पुगेका हुन् । कोइराला पार्टीका केही नेताका साथ गत शनिबार मुम्बई गएका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका काँग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए । त्यहाँबाट दिल्ली आइपुगेका उनले हिजो (मंगलबार) नेता प्रदीप गिरिलाई भेटेका छन् । काँग्रेस नेता गिरि तीन […]
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
विगत १० दिनदेखि अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मोख रहेको छ । उनी असोज १२ गतेदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएर उपचाररत रहेका हुन् ।
उनमा सो अघि नै कोरोना संक्रमण भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हु्न् । अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर र सुधारोत्मुख रहेको उल्लेख गरिएको छ ।
काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी बढेका छन् । महामन्त्रीमा लोकप्रीय नेताहरुले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् । काँग्रेस महामन्त्रीमा पूर्वमन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पुर्वअध्यक्ष प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापाले १४ भाद्रमा उम्मदेवारी घोषणा गरेका हुन् । […]