रुस–युक्रेन युद्धको असर नेपालमा पनि

काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।अमेरिकी ...

सम्बन्धित सामग्री

बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा खासै नपर्ने

काठमाण्डाै - बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा खासै नपर्ने मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवातको बहाव आजदेखि म्यानमार र बङ्लादेशतर्फ सरेकाले नेपालमा खासै असर नपर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणाली उत्तरपश्चिम हुँदै आइरहेको भए नेपालमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहन्थ्यो । तर आजदेखि उत्तर पूर्वी क्षेत्र हुँदै बहिरहेकाले नेपालमा खासै असर पर्ने देखिएको छैन । यो प्रणालीका कारण मधेस र कोशी प्रदेशका केही ठाउँमा भने आंशिक...

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखियो

शंकर खनाल काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ । बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न विश्व समुदायले समेत नेपालमा ध्यान केन्द्रीत गर्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्व समुदायले चिन्ता व्यक्त गरेको छ । आदिवासी, जनजाति, […]

भारतले चामल निर्यातमा कर लगाउँदा नेपालमा कस्तो असर पर्छ ?

भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गरेको हो । भारतले १७० देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा पनि त्यसको असर देखिने भएको हो ।

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]

रुस–युक्रेन युद्ध – नेपालमा कस्तो असर पर्छ ?

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात ग

आज सूर्यग्रहण लाग्दै, नेपालमा छैन कुनै असर

आज बिहीवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।  बिहीवार लाग्ने सूर्यग्रहणको नेपालमा कुनै असर नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले लोकान्तरलाई जानकारी दिए । सूर्यग्रहण नेपालबाट देखिने छैन । ग्रहण अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने समितिले जनाएको छ । नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म ग्रहण रहने जनाइएको छ । ‘ग्रहण देखिएपछि बार्ने हो । नदेखिएको ग्रहणको दोष लाग्दैन । स्नान, दानको फल प्राप्त हुँदैन...

चक्रवातको असर नेपालमा झन्डै एक साता रहने

काठमाडौं, जेठ १२। बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ । चक्रवातको असर नेपालमा झन्डै एक साता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा उत्पत्ति भएको […]

शक्तिशाली चक्रवात ‘टाउ टेई’ को असर नेपालमा ५ दिन पर्ने

अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु–याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर ब

अरब सागरको चक्रवातको असर भारतमा, नेपालमा प्रत्यक्ष असर नपर्ने

काठमाडौं, २ जेठ । अरब सागरको शक्तिशाली चक्रवातको असर दक्षिणी भारतमा परेको छ । ‘टाउक टे’ नामको चक्रवातले भारतको केरला, कर्नाटक, गोवा र महाराष्ट्रमा बढी परेको छ । केरला र कर्नाटकमा आँधीसहित भारी वर्षा भएको छ । केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ । चक्रवातको अबको १२ घन्टामा चक्रवातको ठूलो असर देखिने भारतको […]