कच्चा तेलको भाउ ७ वर्षपछि सय डलर नाघ्यो, सुनको मूल्य पनि २ हजार डलर नजिक

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेल र बहुमूल्य धातुहरुको भाउ बढेको छ । रुसी राष्ष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रको सुरक्षाका लागि सैन्य कारबाहीको घोषणा गरेको भन्दै तास न्यूज एजेन्सीले बताएपछि तेल र सुनको भाउ उकालो लागेको हो । लन्डानस्थित आईसीईको कोमेक्स डिभिजनमा बुधवार ४ः२८ जीएमटीमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०१ डलर ७४ सेन्टमा पुगेको थियो । यसअघि सन २०१४ को सेप्टेम्बरमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०० डलर माथि पुगेको थियो भने सन २००८ मा प्रतिब्यारेल १४७ डलर सम्म पुगेको रेकर्ड छ ।  रुसले युक्रेनमाथि सैन्य कारबाही गर्ने घोषणा गरेपछि तेलको भाउ एकै दिन ५ दशमलव शून्य ६ प्रतिशत अर्थात् ४ डलर ९० सेन्ट बढेको हो । बिहिबार प्राकृतिक ग्यासको भाउ पनि ५ दशलमव ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।  यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः४० बजेतिर ब्रेन्टको भाउ १०१ डलर २६ सेन्टमा आएको थियो । न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ ४ दशमलव ७७ प्रतिशतले बढेर प्रतिब्यारेल ९६ डलर ६३ सेन्टमा उक्लिएको छ ।  सुनको भाउमा पनि उच्च वृद्धि देखिएको छ । बिहिबार स्पट गोल्डको भाउ सन् २०२१ को जनवरीयताकै  उच्च स्तरमा उक्लिएको छ । कोमेक्सको शुरुआती कारोबारदेखि नै उकालो लागेको सुनको भाउ उच्चतम् प्रतिऔंस १ हजार ९४८ डलर ३४ सेन्टको उच्च बिन्दुसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि स्पट गोल्ड प्रतिऔंसत १ हजार ९३५ डलर ७३ सेन्टम कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा प्रतिऔंसत ७ दशमलव शून्य ७ प्रतिशत धेरै हो । रुस र युक्रेनी तनावले नयाँ युद्ध निम्त्याउने भयबीच पछिल्लो समय बजारमा सेफ हेभन एसेटको भाउ बढेका छन् । उता शेयर बजार भने बिहिबार रक्ताम्मे देखिएका छन् । यो समाचार तयार पार्दाखेरि एशियामा सबै बजार रातोमा छन् । एशिया प्रशान्त क्षेत्रमा जापान बाहिरका शेयर बजारको बृहत परिसूचक एमएससीआई ३ दशमलव २ प्रतिशतले घटेको छ । चीनमा साङ्हाई कम्पोजिट शून्य दशलमव ८९ प्रतिशतले घटेको छ । हङकङमा हाङशेङ ३ दशमलव ११ प्रतिशतले तल आएको छ । जापानमा निक्केई २२५ २ दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै सिंगापुरमा एसजीएक्स निफ्टीमा २ दशमलव ८ प्रतिशतको कमी आएको छ । दक्षिण कोरियामा कोस्पी परिसचूक पनि २ दशमलव ४९ प्रतिशतले घटेको छ । इन्डोनेशिया, भारत, थाइल्यान्ड लगायत यस क्षेत्रका अन्य अधिकांश शेयर बजार पनि रातोमा आएको छ । अष्ट्रेलियामा एएसएक्स २०० २ दशमलव २२ प्रतिशतले घटेको छ । अमेरिकामा पनि शेयर फयूचरहरु तल नै छन् ।  बजारले सधैं रुसी सेनालाई डोनबासमा रोक्न सकिन्छ कि सकिदैंन भनेर हेरिरहेका थिए अहिले सेना किभ तर्फ बढिरहेको स्पष्ट देखिएको पेपर स्टोनमा अनुसन्धान प्रमुख क्रिस वेटन बताउँछन् । अहिले भने अवस्था कतिसम्म खराब बन्न सक्छ भन्नेतिर अड्कल अनुमान बढिरहेको छ । अवस्था खराब भयो भने शेयर बजार बियरिश बन्ने उनी बताउँछन् । लगानीकर्ताहरुले जोखिमयुक्त सम्पत्ति छोडेर सेफ हेभन एसेटमा लगानी गर्न थालेपछि बिहीवार सेफ हेभन एसेटहरुको भाउ बढेका छन् । बिहिबार कमोडिटिज बजारमा चाँदी, पालाडियम, प्लाटिनम लगायत अधिकांश बहुमूल्य धातुको भाउ बढेका छन् । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित सामग्री

सुनको मूल्य घट्यो

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ।...

सुनको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैय

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) सुनको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको […]

सुनको मूल्य घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो।...

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ। सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो।...

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० तोकिएको छ। सुनको मूल्य अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो।...

चारसयले घट्यो सुनको मूल्य

काठमाडौँ – सुनको मूल्य बिहीबार घटेको छ। आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा चार सय […]

बढ्यो सुनको मूल्य

आज साताको पहिलो आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम थियो ।यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प

सुनको मूल्य केही घट्यो

काठमाडौँ – सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइहरेको […]

सुनको मूल्य घटेको घट्यै

काठमाडौं। सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको बताएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ। यस्तै आज चाँदीको एक हजार २९५ रुपैयाँ कायम छ। महासंघका अनुसार हिजो पनि सुनको मूल्य घटेको थियो।