राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि गैरआवासीय नेपालीहरुले पनि एनआरएन नागरिकताका पाउने भएका छन् । गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान रहेपनि राजनीतिक अधिकार भने दिइएको छैन । गैरआवासीय नेपाली नागरिकताको व्यवस्था नेपालको संविधानले नै गरे अनुरुप विधेयकमा समेटिएको हो । विधेयकमा विदेशको स्थायी बासिन्दा भएका नेपालीहरूलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता […]