नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित, एनआरएन नागरिकता पक्का

राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिनुभएको थियो । […]