जेठ १, काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन् छ ।
आइतवार अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले एक हजार ४३८ मत पाएका छन् ।
नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।
महानगरमा ३२ वडा रहेको छ । शनिवार बिहान ९:३० बजेदेखि मत गणना शुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करीब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।