काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले सानोतिनो विवादले आफूलाई कुनै असर नगर्ने बताएका छन्। उम्मेदवारी दर्तापछि आफूमाथि लागेको यौन दुराचार प्रकरणबारे उनले भने, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरु भनाइ छैन। समय समयमा प्रकरण हुन्छ? किन यस्तो भइरहन्छ त ? बेलाबेलामा यो इस्यु किन उठ्छ?’विवादमा नआउने व्यक्ति केशव स्थापित नै नहुने उनको भनाइ छ। ‘म जत्तिको व्यक्ति विवादमा आएन भने केशव स्थापित नै हुँदैन। विवादम