काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार रहेका केशव स्थापितले मिटु प्रकरणमा आफूलाई नाममात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए । उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? वि