कमल थापाले ब्युँत्याए राप्रपा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । थापा तत्कालीन राप्रपा नेपालको अध्यक्ष छँदा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी राप्रपा गठन गरेका थिए । त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निष्क्रिय थियो । राप्रपा परित्याग गरेको एक […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्

करको दरमा अर्थमन्त्रीको चलखेल अनैतिकः कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकोले चाँडै जनतामाझ स्थापित हुने बताएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिजो कांग्रेस र कम्युनिष्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापति गर्ने नभइ आफ्नो विचारको बलमा राप्रपा नेपाललाई […]

पहिले बाटो बिराएँ, अब सच्चिन्छु : कमल थापा

मन्थली : राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनाले गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिले आज (सोमबार) सदरमुकाम मन्थलीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको स्वीकार गरे।उनले सत्ताकेन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन हुन पुगेकाले पहिलेका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरि जनत

राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ, पार्टी फुटाएको होइन : कमल थापा

हेटौंडा, १७ चैत : राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । आज गृहजिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए । ‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले […]

कमल थापा भन्छन्ः राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौँ

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन्। राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए। पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी […]

राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प हो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् ।

अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा

काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनातन धर्म र संस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत […]

कमल थापालाई पार्टी बुझाउने लाक्पा भन्छन्– जसको नासो उसैलाई फिर्ता गरिदिएँ

कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार रातोपाटीसँग भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।&rsquo

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ