राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् । अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र...

सम्बन्धित सामग्री

राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

२३ असार, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे । केही दिनअघि संगठनका अर्का महासचिव दीपेश शाह पनि राप्रपामा प्रवेश […]

कमल थापा एमालेमा विलय हुने प्रक्रियामा : राजेन्द्र लिङ्देन

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले नेकपा एमालेसँग गरेको गठबन्धनको सहमतिलाई एमालेमा बिलय हुने प्रक्रियाको सुरुवात भएको टिप्पणी गरेका छन् । ‘एमालेमा जाने पूर्व सहमति हो यो,’ लिङ्देनले अनलाइनखबरसँग भने, ‘एउटै चिह्न लिएर लडेपछि त्यो एमालेकै मान्छे हुन्छ नि । एमालेको चुनाव चिह्न लिएर उहाँ […]

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

राप्रपा विवाद : ‘नयाँ निर्णय’ लिने तयारीमा कमल थापा

शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच जारी विवादका सन्दर्भमा करिब डेढ घण्टा वार्ता भए पनि कुनै सकारात्मक सङ्केत देखिएको छैन । बरु पूर्व अध्यक्ष थापा आफ्नो माग सम्बोधन नहुने देखेर एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिने गरी अघि बढेका छन् ।गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एक सूत्रीय माग अघि सारेका थापाले अध्यक्ष लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । शनिबार था

राजेन्द्र लिङ्देनको सपथ ग्रहणमा पुगेनन् कमल थापा, ट्विटरबाट पोख्दैछन् आक्रोश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्।  प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्।…

राप्रपामा नेतृत्व परिवर्तन : पदाधिकारीमै अल्पमतमा परे लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापाजस्तो हस्तीलाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बनेका छन् । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा परेका छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति देखिएको छ ।राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, लिङ्देनले सबैको घेरा तोड्दै जित हात पारे ।तर, पार्टीभित्रको समीकरण हेर्दा अध्यक्ष लिङ्देनलाई अघ

दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगे कमल थापा (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए […]