कमिसनखोरलाई तत्काल कारवाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा  जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको