मेङ्खु खोलामा पुल बन्यो, आवतजावतमा सहज

तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित मेङ्खुवा खोलामा पुल बनेपछि स्थानीय सिकिदिम र बतासे गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको छ। खोलामा बाढी आउँदा वारपार गर्न स्थानीयले सास्ती भोग्ने गरेका थिए। नवनिर्मित पुलले स्थानीय करिब २ सय घरधुरी लाभान्वित भएका छन्। बालबालिका पनि अब सहजरुपमा विद्यालय ...

सम्बन्धित सामग्री

सभापोखरीको याक्सुवा खोलामा झोलुङ्गे पुलले दुई गाउँ जोडियो

संखुवासभा । संखुवासभा सभापोखरी गाउँपालिका –४ याक्सुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । याक्सुवा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि घण्टौँ लगाएर अन्यत्रबाट हिँड्नुपर्ने बाध्यता हटेको छ । झोलुङ्गे पुल निर्माण भएपछि वालिङका स्थानीयलाई आवतजावतमा सहज भएको छ । पूर्वाधार विकास कार्यालय संखुवासभाको ४९ लाख लाख ३९ हजार ८ सय ९२ , संघीय सरकारको ४ […] The post सभापोखरीको याक्सुवा खोलामा झोलुङ्गे पुलले दुई गाउँ जोडियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखराको फिर्के खोलामा ५ वर्ष पुग्नै लाग्दा पनि बनेन पुल, फेरि म्याद थप

कास्की – पोखराको फिर्के खोलामा निर्माणाधीन पुल पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन । साढे २ वर्षमा नै सक्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको हो । पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्के पुल निर्माण नहुँदा आवतजावतमा समस्या भइरहेकाे छ । पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बने पनि पुल भने २ लेनको छ । पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजार रुपैयाँको लागतमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० ...

३८ लाखमा बन्यो दुई पालिका जोड्ने पुल

बागमती प्रदेशको राजधानी हेटौंडा र मकवानपुरको विकट गाउँपालिका राक्सिराङको सीमानामा रहेको चुर्लिङ खोलामा झोलुङ्गे पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ शिरान्चोक बेसीटोल...

पुल नहुँदा विशुवा खोलाले बगाउने त्रासमा विद्यार्थी

कपिलवस्तु : विजयनगर गाउँपालिकाको शिव मावि डालपुरको कक्षा १० मा अध्ययन गर्ने रन्जु कुर्मीलाई पानी परेपछि विद्यालय जान नपाएला भन्ने चिन्ता हुन्छ।विद्यालय पुग्दा बाटोमा पर्ने खोलामा पुल नहुँदा विद्यालय आवतजावतमा सकस छ। वर्षातका वेला खोलामा आउने बाढीले विद्यार्थीलाई समस्या हुँदै आएको छ। खोला पार गर्दा बाटो चिप्लो हुने भएकाले पटक पटक  विद्यार्थीहरू लड्ने गरेको कुर्मीले बताइन्।‘लड्दा कति जनाको त झोला र किताब भिजेका छन्, सरकारले पुल बनाइदिए सजिलो हुने थियो,’ कुर्मील

ओखलढुंगाकाे पोक्तिङ खोलाकाे पुल निर्माणमा ढिलाई हुँदा आवतजावतमा समस्या

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन् । पूर्वाधार विकास कार्यालय मार्फत ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको […]

भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरे । सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको पुल […]

धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित

मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो ।  तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फलफूल तथा अन्य बाली यस क्षेत्रमा उत्पादन हुने गरेको कृषक अन्तरे लामाले बताए ।  उत्पादित कृषि उपजलाई अन्य नजिकैको बजारसम्म लैजानका लागि झोलुंगे पुल उपयोगी भएको उनको भनाइ छ । यो पुलले गर्दा गाँउमा विस्तारै चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए ।  सिम्रि र जंगलसहिया जोड्ने उतm झोलुंगे पुलको निर्माण भएपछि दुवै स्थानका बासीलाई आवतजावतमा सहज भएको छ । गुजरा नगरपालिकाको २७ लाख रकमबाट खोलामा झुलुंगे पुल बनेको हो । यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संग्लन रहेका पुल बनेपछि उनीहरुको दैनिकीमा सहज हुने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए ।  विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका त्यहाँका बासिन्दालाई सहज भएको उनको भनाइ छ । झोलुङे पुलको शिलन्यास तथा उद्घाटन आफैले गर्न पाँउदा खुसी लागेको छ उनले भने ।  भौगोलिक दृष्टिकोणबाट पछि रहेको सिमरी टोललाई क्रमशः विकासका योजना लैजाने उनले बताए । केही वर्ष अघि मात्र उक्त गाँउमा विद्युतीकरण भएको हो । करीब २५० घरधुरी रहेको गाँउमा एक निम्न माध्यमिक विद्यालय छ भने स्वास्थ सडक लगायतका पूर्वधार पनि पुगेको छ ।

रोल्पाका १४ ओटा खोलामा पक्की पुल बन्दै

मंसिर २०, रोल्पा  । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरु भएकोे छ ।  खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महीना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ ।  लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई ओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् ।  चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुई ओटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ । आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ ।  उनी जस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुंग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् । अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।  यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगी बताउँछन्  । सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगी भन्छन् । उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ  । रासस

मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो

गोरखा - मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।   गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्र...

पुल नबन्दा आवतजावतमा समस्या

मोरङको कसेनीस्थित लोहान्द्रा खोलामा पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । दुई वर्षअघिको बाढीले पुल बगाएपछि वर्षायाममा मात्रै होइन हिउँदमा समेत आवतजावत गर्न समस्या भएको छ । चतरा नहर बनाउँदा भारतले खोलामा पुल बनाइदिएको थियो । जीर्ण अवस्थामा पुगेको पुल बाढीले बगाउँदा पूर्वी मोरङका साविक आधा दर्जन गाविसका बासिन्दालाई सदरमुकाम विराटनगर आउन कठिनाइ भएको छ ।