धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित

मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो ।  तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फलफूल तथा अन्य बाली यस क्षेत्रमा उत्पादन हुने गरेको कृषक अन्तरे लामाले बताए ।  उत्पादित कृषि उपजलाई अन्य नजिकैको बजारसम्म लैजानका लागि झोलुंगे पुल उपयोगी भएको उनको भनाइ छ । यो पुलले गर्दा गाँउमा विस्तारै चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए ।  सिम्रि र जंगलसहिया जोड्ने उतm झोलुंगे पुलको निर्माण भएपछि दुवै स्थानका बासीलाई आवतजावतमा सहज भएको छ । गुजरा नगरपालिकाको २७ लाख रकमबाट खोलामा झुलुंगे पुल बनेको हो । यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संग्लन रहेका पुल बनेपछि उनीहरुको दैनिकीमा सहज हुने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए ।  विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका त्यहाँका बासिन्दालाई सहज भएको उनको भनाइ छ । झोलुङे पुलको शिलन्यास तथा उद्घाटन आफैले गर्न पाँउदा खुसी लागेको छ उनले भने ।  भौगोलिक दृष्टिकोणबाट पछि रहेको सिमरी टोललाई क्रमशः विकासका योजना लैजाने उनले बताए । केही वर्ष अघि मात्र उक्त गाँउमा विद्युतीकरण भएको हो । करीब २५० घरधुरी रहेको गाँउमा एक निम्न माध्यमिक विद्यालय छ भने स्वास्थ सडक लगायतका पूर्वधार पनि पुगेको छ । 

सम्बन्धित सामग्री

पहराबीचमा झोलुंगे पुल

दुई भीमकाय पहराका बीच भएर बग्छ थुन्ने खोला । पुथा उत्तरगंगा गाउँपालिका–२ मा पर्ने यही खोलामाथि पेल्मा र तातोपानी जोड्ने निर्माणाधिन झोलुंगे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । झट्ट हेर्दा असम्भवझैं लाग्ने यस्तो ठाउँमा पुल बनेपछि स्थानीयको यात्रा छोटो र सहज त भएको छ नै, सँगसँगै यसले फरक सुन्दरतासमेत प्रदान गरेको स्थानीय बताउँछन् ।

विकट गाउँको यात्रालाई सहज बनाउन ‘झोलुङ्गे पुल’

दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]

२६ वर्षपछि माझीटारमा काठे डुंगा

पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदीमा पर्ने माझीटारमा २६ वर्षपछि स्थानीय माझी युवाले डुंगा सञ्चालन गरेका छन् । तमोर नदीमा २०५३ सालमा झोलुंगे पुल बनेपछि माझीटारका माझीहरू पुरानो पेसाबाट विस्थापित भएका थिए । माझीटारका युवा र माझी अगुवाले पुख्र्याैली पेसालाई निरन्तरता दिँदै तमोरमा पर्यटक तान्ने लक्ष्यका साथ काठे डुंगा सञ्चालन गरेका हुन् । माझीटारमा […]

चारटाँगेमा झोलुंगे पुल बनेपछि पैदलयात्रीलाई सहज – देशसञ्चार

सिमकोट- सिमकोट गाउँपालिका- ७ को चारटाँगेमा झोलुंगे पुल सञ्चालनमा आएकाे छ। उक्त पुल तर्दै वडाअध्यक्ष बलवीर शाहीले स्थानीय बासिन्दा र पैदलयात्रुहरूलाई चार

तीन महिनामै बन्यो झोलुंगे पुल

बाजुरा, (नेस) । बाजुराको गौमूल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा तीन महिनामै झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । कादुरी एग्रिकल्चर एन्ड एसोसियसन ब्रिटिस गोर्खाज नेपालले झोलुंगे पुलको निर्माण सम्पन्न गरेको हो । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । पुल निर्माण भएसँगै दुुई जिल्लाको आवागमनमा सहजता […]

नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्न

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङ । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतवार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन् सुमधुर बनाउनुका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम संग्रहालयलगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुंगा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए । पुल निर्माण गर्न बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिनेछ । रासस

रेसुंगाको बगाले खोलामा झोलुंगे पुल

१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ । नगरपालिका कार्यालय र […]

भेरी नदीमा पुल बनेपछि स्थानीय हर्षित

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–४ को कालीखोला र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–३ को कारागाउबीचमा रहेको भेरी नदीमा झोलुंगे पुल निर्माण भएपछि यस क्षेत्रका वासिन्दा हर्षित भएका छन्। पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ। पुल निर्माणअघि भेरी नदीपारि रहेको विद्यालय जान जोखिम मोल्नुपरेको वनग...