पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए । साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

सम्बन्धित सामग्री

दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

ढोरपाटन (बागलुङ), १९ चैत । दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तम्घास–सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ । सङ्घीय […]

आँधीमुहानमा पुल बनेपछि चार जिल्लालाई सहज

२१ कात्तिक, गल्याङ (स्याङजा) । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो । यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका […]

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित

झापा, ८ असोज । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् ।पुल बनपछि बर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् । वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा […]

कैलालीको कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

१९ असार, कैलाली। कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी व्‍यक्त गर्छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर […]

पुल बनेपछि विद्यार्थीदेखि किसानसम्मलाई सहज

देउखुरी, १३ वैशाख । घोराही –३ भैसकुर्माका आशाराम चौधरी तरकारी बेच्न दैनिक घोराही बजार आउने गर्थे । वर्षा लाग्यो कि उनलाई उत्पादित तरकारी बेच्न हम्मेहम्मे पथ्र्यो । वर्षा लागेपछि सिस्ने खोलामा बाढी आउथ्यो । खोलो तर्दा बगाउला भन्ने डर थियो । तर, अहिले त्यस्तो छैन । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि सर्रा जोड्ने सडकमा पुल बनेपछि उनलाई […]

कतै बाटो नभएको ठाउँमा बन्यो पुल, कतै अस्वाभाविक अग्लो हुँदा भएन हिँडडुल !

पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप...

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमै

म्याग्दी : म्याग्दी र बाग्लुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल निर्माण भएपछि दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाले सुविधा पाएका छन्। वर्षौंसम्म सास्ती खेप्दै आएका उनीहरुले एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन्।म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बाग्लुङको बाग्लुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले सुविधा पाएका हुन्। ढाडेनी खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्ग

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई वारीपारी गर्न एक घण्टा लाग्ने बाटो अब दुई मिनेटमै पार गर्न सकिने भएको छ । बागलुङको मालिका र म्याग्दीको […]

पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् । प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र […]