भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनै पूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो