ठेकदारको लापरबाहीले म्याग्दीका मुख्य सडक अलपत्र

म्याग्दीको मुख्य सडक पहुचवाल ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा पुगेका छन् । पटक–पटक म्याद थप गरेर निर्माण ब्यवसायीलाई काम गर्ने पूर्वाधार विकास कार्यालयले वातावरण मिलाएरपनि मजदुर र उपकरण प्रयोग नगर्दा मुख्य सडक अलपत्र बन्न पुगेका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण ब्यवसायीको लापरबाहीले जिल्लामा ७ वटा भन्दा बढी मुख्य सडक भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि […]

सम्बन्धित सामग्री

म्याग्दीका रणनीतिक महत्त्वका दुई सडक अलपत्र

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्त्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरबाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासीनताका कारण अलपत्र परेका छन् । सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सर्वसाधारणले केही दिनअघि हिलाम्ये बनेको सडकमा धान रोपेर विरोधसमेत जनाएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० अन्तर्गत बेनी–लाम्पाटा–दरबाङ सडक स्तरोन्नतिसहित कालोपत्र […]

म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र, सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य

जेठ १९, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महीनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।  २०७८ वैशाखदेखि मंसिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मुल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।  पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताए । ‘निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ’, उनले भने ‘मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।’  विसं २०७६ जेठ ३१ गते रू. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महीनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करीब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।  सहायक ठेकेदारले रणवाङ र रातोढुंगा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।  ‘दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,’ उनले भने ‘पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।’ सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताए ।  मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।  लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए ।  विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रू. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।  १८ महीनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।  सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।  विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन् । रासस

ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ

निर्माण ढिलासुस्ती गर्ने ठेकेदारको पोस्टर झुण्ड्यार विरोध

म्याग्दी : सडक निर्माणको काममा ढिला सुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारको फोटो भएको पोस्टर झुण्ड्याएर म्याग्दीका स्थानीयले विरोध गरेका छन्।बेनी–दरवाङ सडकअन्तर्गतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेर विरोध गरिएको हो। लामाको कम्पनीले कामको गति दिन नसक्दा सास्ती भागेको, सडक फराकिलो बनाउने क्रममा पर्खाललगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको भन्दै ठेकेदारको फोटोसहित पोस्टर बनाएर विरोध गरेका