–नारायणी रजौरे /रञ्जिता अधिकारीलुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट आजदेखि कामकाज शुरु गरेको छ । मन्त्रालयको कार्य शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थित गर्ने कार्य अझ प्रभावकारी हुने बताए । स्थायी राजधानीमा मन्त्रालय सर्ने कार्य शुरु भएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको हिउँदे अधिवेशन पनि यसै क्षेत्रबाट शुरु हुने बत