गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । तर घटना भएको औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले नभई जनमत पार्टीका नेता तथा कार्यकर्ताले लुटेर लगेको आरोप लगाएका छन् ।गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए । वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने के