काठमाडौं : केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर देखिँदैछ।फागुन १२ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकको ८ दलीय गठबन्धन भएसँगै सरकार परिवर्तनको खेल सुरु भएको हो। नेकपा एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धनले नेतृत्व लिने तयारी सुरु गरेका छन्। त्यसका लागि उनीहरूले एमालेलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत सम