कात्तिक मसान्तमा नबिल ब्यालेन्सड् फण्ड २ को सूचीकृत शेयरमा लगानी रू. ७६ करोड ७८ लाख

काठमाडौं ।  नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ७८ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ७६ करोड ८१ लाख थियो ।  कात्तिक मसान्तमा फण्ड रू. ११ करोड १८ लाख नोक्सानीमा छ । असोज मसान्तमा पनि फण्ड रू. १० करोड ९३ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी असोजको तुलनामा कात्तिकमा बढेको छ । कात्तिकको फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ५६ लाख २१ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ७१ लाख ५७ हजार पुगेको छ । त्यस्तै कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू. १० करोड ४६ लाख ऋणात्मक  छ । त्यस्तै फण्डको न्याभ असोज मसान्तमा ९ रुपैयाँ ०६ पैसा रहेकोमा कात्तिक मसान्तमा ९ रुपैयाँ ०४ पैसा कायम भएको छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नहाेस्

सम्बन्धित सामग्री

नबिल ब्यालेन्सड् फण्ड ३ को सूचीकृत शेयरमा लगानी रू. ९० करोड ४७ लाख

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्‍याएको छ ।  त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।   फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

नबिल ब्यालेन्सड् फण्ड ३ को सूचीकृत शेयरमा लगानी रू. ९० करोड ४७ लाख

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्‍याएको छ ।  त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।   फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो । त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।   नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ असारको तुलनामा साउनमा घटेको छ ।  नबिल इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८१ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ५८ पैसामा झरेको हो । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ असार मसान्तसम्ममा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १० रुपैयाँ ६१ पैसा कायम भएको छ । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस फण्डको न्याभ असार मसान्तमा भने ९ रुपैयाँ ९० पैसा थियो ।  त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ असार मसान्तमा ९ रुपैयाँ १४ पैसा रहेकोमा साउन मसान्तमा घटेर ८ रुपैयाँ ९० पैसा कायम भएको हो । यो फण्ड साउन मसान्तसम्ममा रू. ३ करोड २ लाख नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ७ करोड १४ लाख नाफामा थियो । साउनमा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ३२ लाख लगानी गरेको छ ।  नबिल फ्लेक्सी क्याप फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ६० लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. २० करोड ४९ लाख थियो । त्यस्तै फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्ममा फण्ड रू. ४३ लाख १५ हजार नोक्सानीमा रहेकोमा साउन मसान्तमा बढेर रू. १ करोडभन्दा बढी पुगेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८८ करोड १७ लाख लगानी गरेकोमा साउन मसान्तमा रू. ८१ करोड ९३ लाख गरेको हो । यो फण्ड असार मसान्तमा रू. १० करोडभन्दा बढी नाफामा भएकोमा साउन मसान्तमा भने रू. ४ करोड २९ लाख नोक्सानीमा रहेको हो ।  नबिल इक्वीटी फण्ड पनि साउन मसान्तमा रू. २ करोड ८५ लाख नोक्सानीमा छ । यो फण्ड असार मसान्तमा भने रू. ८ करोड ९९ लाख नाफामा थियो । यो फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ७१ करोड ६४ लाख लगानी गरेको छ ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

जेठमा नबिल म्युचुअल फण्डका चारओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारओटा फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । नबिल ब्यालेन्सड् फण्ड ३, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल इक्वीटी फण्डले खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ १६ पैसा रहेकोमा जेठ मसान्तमा ८ रुपैयाँ ७९ पैसा पुगेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ २४ पैसा कायम भएको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ४४ पैसा थियो ।  त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ३७ पैसा रहेकोमा जेठमा बढेर ९ रुपैयाँ ८७ पैसा पुगेको हो ।  नबिल इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ५७ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ३७ पैसा पुगेको छ । यस फण्डले वैशाख मसान्तमा ६ करोड ४१ लाख नोक्सानी व्यहोरेकोमा जेठ मसान्तमा भने रू. ३ करोड ५४ लाख नाफा छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ६३ लाख लगानी गरेको छ ।  नबिल फ्लेक्सी क्याप फण्ड भने नोक्सानीमा छ । वैशाख मसान्तमा फण्ड रू. २ करोड ९३ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा पनि रू. ५९ लाख ६७ हजार नोक्सानीमा छ । यस फण्डले सूचीकृत धितोपत्रमा रू. २० करोड २७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले जेठ मसान्तसम्ममा रू. १ करोड ६० लाख नाफा कमाएको छ । वैशाखमा भने फण्ड रू. ७ करोड ३४ लाख नोक्सानीमा थियो ।  त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ वैशाख मसान्तमा रू. ५ करोड १७ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ७२ लाख नाफामा छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला