जेठमा नबिल म्युचुअल फण्डका चारओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारओटा फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । नबिल ब्यालेन्सड् फण्ड ३, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल इक्वीटी फण्डले खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ १६ पैसा रहेकोमा जेठ मसान्तमा ८ रुपैयाँ ७९ पैसा पुगेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ २४ पैसा कायम भएको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ४४ पैसा थियो ।  त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ३७ पैसा रहेकोमा जेठमा बढेर ९ रुपैयाँ ८७ पैसा पुगेको हो ।  नबिल इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ५७ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ३७ पैसा पुगेको छ । यस फण्डले वैशाख मसान्तमा ६ करोड ४१ लाख नोक्सानी व्यहोरेकोमा जेठ मसान्तमा भने रू. ३ करोड ५४ लाख नाफा छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ६३ लाख लगानी गरेको छ ।  नबिल फ्लेक्सी क्याप फण्ड भने नोक्सानीमा छ । वैशाख मसान्तमा फण्ड रू. २ करोड ९३ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा पनि रू. ५९ लाख ६७ हजार नोक्सानीमा छ । यस फण्डले सूचीकृत धितोपत्रमा रू. २० करोड २७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले जेठ मसान्तसम्ममा रू. १ करोड ६० लाख नाफा कमाएको छ । वैशाखमा भने फण्ड रू. ७ करोड ३४ लाख नोक्सानीमा थियो ।  त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ वैशाख मसान्तमा रू. ५ करोड १७ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ७२ लाख नाफामा छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

नविल म्युचुअल फण्ड–३ मा आवेदन खुल्यो

२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि […]

वैशाखमा नबिल म्युचुअल फण्डका दुबै योजनाको एनएभी घट्यो

जेठ १३, काठमाडौं । चैत मसान्तको तुलनामा वैशाख मसान्तसम्ममा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको एनएभी घटेको छ ।  नबिल  ब्यालेन्स फण्ड - २ र नबिल इक्विटी फण्डको एनएभी(प्रतिइकाई खुद सम्पत्तिको मूल्य) घटेको हो  । नबिल इक्वीटी फण्डको एनएभी चैत मसान्तमा रू. १७ दशमलव २४ रहेकोमा वैशाख मसान्तमा घटेर रू. १६ दशमलव ९९ मा झरेको हो । त्यसैगरी नबिल ब्यालेन्स फण्ड- २ को एनएभी  वैशाख मसान्तमा रू. १६ दशमलव २६ रहेको छ । योजनाको एनएभी चैत मसान्तसम्ममा रू. १६ दशमलव ३५ थियो । ती दुबै योजनाको एनएभीसँगै नाफामा पनि कमि आएको छ । गत चैत मसान्तसम्ममा रू. ६८ करोड ६४ लाख ४४ हजार नाफा कमाएको नबिल ब्यालेन्स फण्ड २ को नाफा वैशाख मसान्तमा भने रू. ६७ करोड ६० लाख ७५ हजारमा सीमित भएको हो । यस योजनाले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३९ करोड ६७ लाख ६० हजार र ऋणपत्रमा रू. २१ करोड ७४ लाख लगानी गरेको छ ।  त्यसैगरी गत चैत मसान्तसम्ममा रू. ९० करोड १४ लाख ३२ हजार नाफा कमाएको नबिल इक्विटी फण्डको नाफा वैशाख मसान्तमा रू. ८६ करोड ९९ लाख ६८ हजारमा सीमित भएको हो ।  वैशाख मसान्तसम्ममा ती दुई योजनाले शेयर बजारमा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा कमि आएसँगै एनएभी र नाफामा कमि आएको हो ।