नबिल ब्यालेन्सड् फण्ड ३ को सूचीकृत शेयरमा लगानी रू. ९० करोड ४७ लाख

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्‍याएको छ ।  त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।   फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो । त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।   नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्