काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्याएको छ ।
त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्