लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको निर्वाचनमा मतदान सुरु भएको छ । निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमाले र महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहनुभएको छ ।