काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने तय भइसकेको छ । देउवाविरुद्ध संस्थापन इतरबाट साझा उम्मेदवारको अन्तिम गृहकार्य भइरहेको छ । सम्भवतः भोलि विहानसम्म यसको टुंगो लाग्न सक्छ । नेताहरु आजै नाम टुंग्याउन सक्रिय छन् । देउवासँग संस्थापनइतरबाट साझा उम्मेदवार तय भएमा बहुमत कसैको पनि नहुन सक्छ । […]