चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् ।
आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका हुन् ।
सङ्घका अध्यक्ष यामप्रसाद अधिकारी, कलेज सङ्घ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जीवनप्रकाश शर्मा र ओपन (पोखरा विश्वविद्यालय)का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिव त...