नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गरेका छन् ।आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँदै कार्कीले यसलाई तलैसम्म बाँडेर छलफलमा ल्याउन पाउनुपर्ने प्रचण्