इलाम २ को मत गणना रोकियो

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।

सम्बन्धित सामग्री

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

इलाम २ मा सुवास नेम्वाङको अग्रता साँघुरिँदै

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङकाे अग्रता साँघुरिँदै गएको छ। हालसम्म कुल मत एमालेका उम्मेदवार नेम्वाङले २७ हजार ८ सय १९ मत पाएका छन् भने खड्काले २७ हजार ६ सय ८६ मत पाएका छन्।क्षेत्र २ अन्तर्गत इलाम नगरपालिका–४ को मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का ले ८ सय १९ मत ल्याएका छन्।नेम्वाङले ५ सय ६३ मत पाएका छन्।  उनीहरुबीचमा मतान्तर १ सय ३३ मत मात्रै छ। यसअघि नेम्वाङले २ हजार मतसम्म ल्याएर अगाडि भएका थि

इलाम २ को मतगणना रोचक बन्दै, सुवास नेम्वाङको अग्रता साँघुरिँदै

प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ ।  नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।

इलाम १ मा झलनाथ खनाल २२ सय मतले पछाडि

इलाम – इलाम  क्षेत्र नं १ मा झलनाथ खनालविरुद्ध नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। ३४ हजार ५५४ मत गणना हुँदा बस्नेतले १५ हजार १ सय ६३ मत प्राप्त गरेका छन्। खनालले भने १२ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्। बस्नेत खनालभन्दा २ हजार २१८ मतान्तरले अघि छन्। मंगोल नेशनल अर्गनाइजेसनका […]

इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै

इलाम – इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

इलाम–२ मा सुवासको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता बनाएका हुन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन् । हालसम्म २६ हजार ७८२ मत गणना भएको छ । यसमध्ये १ हजार ३२३ मत बदर भएको छ ।

इलाम-२ मा डम्बर खड्काको अग्रता, पछि परे नेम्वाङ

इलाम– इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ३४२ मत प्राप्त गरेका छन् भने नेम्वाङले २७६ मत पाएका छन् ।

इलाम–२ मा सुवास नेम्वाङलाई खड्काले पछि पारे

काठमाडौं, ५ मंसिर । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । हालसम्म ६६८ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४३२ मत प्राप्त गरेर अग्रता लिएका हुन् । नेकपा एमालेका नेता तथा उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने २७३ मत प्राप्त गरेका छन् । त्यसैगरी, राप्रपाका गणेशप्रसाद दुलालले ४ र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बुले […]

इलाम–२ : सुवास नेम्वाङ विरुद्ध डम्बर खड्काको अग्रता

इलाम : इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुवास नेम्वाङविरुद्ध अग्रता कायम राखेका छन्।६ सय ७० मत गणना हुँदा उनले ३ सय ४२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार नेम्वाङले २ सय ७६ मत पाएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश प्रसाद दुलालले ४ मत पाउँदा जनता समाजवादी पार्टीका उम्मेदवार याम प्रसाद लिम्बुले ३ मत पाएका छन्।

विवादित मतकाे निर्णय भएपछि इलाम-१ मा २ बजेबाट गणना

इलाम : इलाम क्षेत्र नं १ मा २ बजेबाट मतगणना हुने भएको छ। गोर्खे (सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने) सर्वदलीय सहमति भएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि मतगणना रोकिएको थियो।  सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमति भएको हो।