इलाम : इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुवास नेम्वाङविरुद्ध अग्रता कायम राखेका छन्।६ सय ७० मत गणना हुँदा उनले ३ सय ४२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार नेम्वाङले २ सय ७६ मत पाएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश प्रसाद दुलालले ४ मत पाउँदा जनता समाजवादी पार्टीका उम्मेदवार याम प्रसाद लिम्बुले ३ मत पाएका छन्।