माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिहरुलाई बुस्टर डोज खोप दिइनेछ । कोभिड १९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पुरा भैसकेका ना